Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख १४ बिहीबार १७:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीले अराजक प्रवृत्तिलाई प्रोत्साहन गरे : राजन भट्टराई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख १४ बिहीबार १७:४५:००

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशको शान्ति सुरक्षामा चुनौती देखिएको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। बिहीबार सिंहदरबारस्थित मन्त्रालय पुगेर एमाले नेताहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराएका हुन्।

गृहमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराईले पार्टी अध्यक्ष केपी ओली शान्तिपूर्ण गतिविधिमा संलग्न हुँदासमेत आक्रमण भएको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताए। मुलुकको सबैभन्दा ठूलो पार्टीका शीर्ष नेता आफ्नो जिल्लामा जाँदा भएको आक्रमणले देशको शान्ति सुरक्षा कस्तो छ? भन्ने स्पष्ट पारेको उनको तर्क छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले नै अराजक गतिविधि गर्नेहरूलाई प्रोत्साहित गरेको उनको आरोप छ। प्रदेश नामकरण कानुनी रूपबाट टुंग्याइसकेपछि प्रधानमन्त्रीले ठीक रहेनछ भन्नु अराजकतालाई प्रश्रय दिनु रहेको भट्टराईले बताए।

‘प्रधानमन्त्री स्वयंले कानुनी प्रक्रियाबाट टुंगोमा पुर्‍याइएको विषयलाई यो विषय ठीक रहेनछ भनेर जुन अभिव्यक्ति दिनुभयो, त्यसले संविधान हातमा लिने कुरालाई र प्रवृत्तिलाई प्रोत्साहित गरेको छ। सत्तासीन पार्टीकै कार्यकर्ताहरू यस किसिमका गतिविधिमा संलग्न हुनु दुःखद कुरा हो,’ उनले भने।

भट्टराईले वैशाख ७ गते दिनदहाडै कपनको सरस्वती नगरमा व्यवसाय गरेर बसेकी निरा आचार्यको हत्यारा ८ दिन बितिसक्दासमेत पत्ता नलागेको विषयमा पनि गृहमन्त्रीको ध्यानाकर्षण गराएको बताए। वर्तमान गठबन्धन सरकारले आफ्ना न्यूनतम कर्तव्यसमेत पूरा गर्न नसकेको उनको आरोप छ।