१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १३ बुधबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १३ बुधबार २o:४१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बराबरीमा रोकिए थ्री स्टार र मत्स्येन्द्र

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १३ बुधबार २o:४१:oo

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आज सम्पन्न खेलमा मत्स्येन्द्र क्लब र थ्री स्टार क्लब गोलरहित बराबरीमा रोकिएका छन्। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्।

खेलको सुरुमै अफिज ओलावालेको पासमा चेन्चो ग्याल्नेनले गरेको प्रहार गोलपोस्टमा लागेर फर्कियो। ६८औँ मिनेटमा थ्री स्टारले गरेको गोलमा रेफ्रीले अफसाइडको संज्ञा दिँदा थ्री स्टार निराश भएको थियो।

त्यसपछि लगत्तै मत्स्येन्द्रका ओलावाले अफिजको प्रहार थ्री स्टारका गोलकिपरले बचाए। ८४औँ मिनेटमा चेन्चो ग्याल्चेनले फ्रिकिकमा गरेको प्रहार थ्री स्टारका गोलकिपर पन्च गर्दै फर्काए। खेलको इन्जुरी समयमा मत्स्येन्द्रले दबाब बढाउँदै केही राम्रा प्रहार गरे पनि गोल भने गर्न सकेन।

शीर्षस्थानको होडमा रहेको थ्री स्टारलाई बराबरीले धक्का लागेको छ भने मत्स्येन्द्रले लिगमा स्थान सुधार गर्ने मौका गुमाएको छ। योसँगै १२औँ चरणको खेलपछि थ्री स्टार २२ अंक जोडेर तालिकाको दोस्रो स्थानमा कायम छ भने मत्स्येन्द्र समान १२ खेलबाट १७ अंक जोडेर सातौँ स्थानमा छ। समान अंक भएको एपिएफ गोल अन्तरको आधारमा छैठौँ स्थानमा छ।