मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०८० बैशाख १३ बुधबार ११:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सहिद स्मृति माविले लिएन अपांगता भएका बालबालिकालाई भर्ना

Read Time : < 1 मिनेट
२०८० बैशाख १३ बुधबार ११:१४:००

देशभर अहिले भर्ना अभियान चलिरहेको छ । सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरू अहिले घरघरमा बालबालिका खोज्दै घरदैलो अभियान गरिरहेका छन् । तर, नवलपुरको कावासोती नगरपालिका– ८ मा रहेको सहिद स्मृति माध्यमिक विद्यालयले १४ जना अपांगता भएका बालबालिकालाई भर्ना लिन नमानेपछि उनीहरू विद्यालय जानबाट वञ्चित भएका छन् ।

मौलाकालिका अपांगता सेवा संस्था कावासोती– ८ मा रहेका अपांग बालबालिका विगत पाँच वर्षदेखि सहिद स्मृति माविमा अध्ययन गर्दै आएको भए पनि यस वर्षदेखि भर्ना नलिएको हो ।

मौलाकालिका अपांगता सेवा संस्थामा अहिले १४ जना बालबालिका छन्। मौलाकालिका अपांगता सेवा संस्थामा बसेर अध्ययन गरेका दुईजना बालबालिकाले यस वर्ष मात्रै सहिद स्मृति माविबाट एसइई दिएका छन् ।

मौलाकालिका अपांग सेवा संस्थाका अध्यक्ष कृष्णकुमार रोकाले यस वर्षदेखि सहिद स्मृति माविले आफ्नो संस्थामा बस्दै आएका बालबालिकालाई भर्ना लिन नमानेपछि बालबालिका पढाइबाट वञ्चित हुनुपर्ने अवस्था आएको बताए ।

उनका अनुसार सहिद स्मृति माविका प्रधानाध्यापक पुरुषोत्तम भुर्तेलले कावासोतीका अन्य विद्यालयले भर्ना नलिएका बालबालिकालाई आफूहरूले विगत पाँच वर्षदेखि पढाउँदै आएको भए पनि यस वर्षदेखि पढाउन नसकिने बताएका हुन् । 

मौलाकालिका अपांग सेवा संस्थामा शारीरिक रूपमा हिँडडुल गर्न नसक्ने तर बोल्ने र सुन्न भने सक्ने खालका १४ जना बालबालिका रहेका छन्। सहिद स्मृति माविका प्रधानाध्यापक पुरुषोत्तम भुर्तेलले भने विद्यालयसँग उक्त बालबालिकालाई छुट्टै कक्षा कोठामा राखेर पढाउन सक्ने र उनीहरूको स्याहारसुसार गर्ने जनशक्ति नभएका कारण आफूहरूले भर्ना नलिएको बताए। आफ्नो स्याहार आफैँ गर्न सक्ने खालका अपांगता भएका बालबालिकालाई भने आफूहरूले अहिले पनि पढाइरहेको उनको दाबी छ ।