१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:५३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रुस भ्रमण ऐतिहासिक र उपलब्धिपूर्ण : अध्यक्ष तिमिल्सिना 

राष्ट्रिय सभाका अध्यक्ष भन्छन् - समझदारीपत्रमा हस्ताक्षर मात्रै होइन सहुलियतदरमा मल र गहुँ आयातका लागि पनि मार्ग प्रशस्त भयो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:५३:oo

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना रुस भ्रमण सम्पन्न गरी फर्किएका छन्। स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनले भ्रमण ऐतिहासिक र उपलब्धिपूर्ण भएको बताए।

रुसको उपल्लो सदन संघीयसभाको फेडेरेसन काउन्सिलका अध्यक्ष भलेन्टिना  मात्भिएन्काको निमन्त्रणमा उनी रुसको औपचारिक भ्रमणमा गएका थिए। विमानस्थलमा भएको पत्रकार सम्मेलनमा उनले रुससँग अन्तर व्यवस्थापिका सहयोग आदानप्रदानका साथै आपसी सहयोग वृद्धिका लागि भ्रमण महत्वपूर्ण भएको बताएका हुन्। 

भ्रमणका क्रममा रुसको उपल्लो सदन र राष्ट्रिय सभाबीचमा अन्तर–संसदीय सहयोगलाई प्रवर्द्धन गर्नेलगायतका विषयमा समझदारी–पत्रमा हस्ताक्षर भएको उनले जानकारी दिए। 

राष्ट्रिय सभा र फेडेरेसन काउन्सिलका बीचमा भएको समझदारीपत्रमा नेपाल र रुसी महासंघबीच अन्तर–संसदीय सहयोगलाई प्रवर्द्धन गर्ने तथा प्रतिनिधिमण्डलको भ्रमण आदानप्रदान गरी सांसद, समिति, आयोग र कार्यालयबीच निकट अन्तर्क्रियामार्फत अन्तर–संसदीय सम्बन्धलाई सुदृढ गर्ने उल्लेख छ। 

यस्तै, आधुनिक डिजिटल प्रविधिको प्रयोग गरी संसदीय गतिविधि, आधिकारिक प्रकाशन र आपसी चासोका अन्य दस्ताबेजहरूको सूचना आदानप्रदान गर्दै संसदीय गतिविधिहरू, संसदीय गतिविधिको डिजिटाइजेसन र सभा, समिति तथा आयोगहरूका कार्यमा सूचना तथा सञ्चार प्रविधिको उपयोगमा अनुभव आदानप्रदान गर्ने समझदारीपत्रमा उल्लेख छ। 

समझदारीपत्रमा अन्तर–व्यवस्थापिका संघलगायत त्यस्ता अन्तर्राष्ट्रिय संसदीय मञ्चहरूमा सहकार्य विकास गर्दै जाने र संसदीय मैत्री समूह गठन गर्नेसमेत उल्लेख छ। 

अध्यक्ष तिमिल्सिनाले नेपाल सरकारले चाहेको अवस्थामा जिटूजीमार्फत रुसबाट रासायनिक मल र गहुँत आयात गर्न चाहेको तथा विगतमा रोकिएको नेपाल र रुस सीधा हवाई उडान पुनः सुरु गर्न आवश्यक प्रक्रियाअगाडि बढाउन रुस तयार रहेको जानकारी पनि दिए। 

रुसको सहयोगमा बनेको कान्ति बाल अस्पतालको क्षमता विस्तारका लागि पनि रुसले चासो दिएको छ। यस्तै, नेपालका स्थानीय तह र रुसका स्थानीय तहका बीचमा पनि मितेरीसम्बन्ध विस्तार गर्ने सहमति भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए।