Skip This
खेलकुद समिति कञ्चनपुरमा तालाबन्दी 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
मोहन विष्ट कञ्चनपुर
Invalid date format १८:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खेलकुद समिति कञ्चनपुरमा तालाबन्दी 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
Invalid date format १८:o१:oo

जापान कराँते डो कोसिकाई सिरोरिया संघ नेपालले जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ।

कभर्डहलमा कार्यालयका लागि कोठा उपलब्ध गराउन माग गर्दै संघले मंगलबार कार्यालय प्रमुख गोपाल भट्टको कार्यकक्षसहित कभर्डहलमा तालाबन्दी गरेको हो।

संघका कञ्चनपुर अध्यक्ष दीपेन्द्र विष्टले हस्ताक्षर गरेको प्रेस नोटमा संघको अफिस प्रयोजनका लागि पटक-पटक कोठा माग्दासमेत बेवास्ता गरेकाले बाध्य भएर तालाबन्दी गरिएको उल्लेख छ। कोठाका लागि २४ घन्टे अल्टिमेटम दिँदासमेत कुनै वास्ता नगरेपछि बाध्य भएर अनिश्चितकालका लागि तालाबन्दी गरिएको बताइएको छ।

तालबन्दीका कारण दैनिक प्रशासनिक कामकाज प्रभावित भएको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपाल भट्टले कोठा नै नभएको अवस्थामा दिन समस्या भएको बताए। उनका अनुसार अन्य विधाका खेलकुदसमेत कोठाबिनै सञ्चालनमा छन्। जिल्ला खेलकुद समिति कञ्चनपुरका अध्यक्ष कुवेर खड्काले तालाबन्दीको विषयमा सम्बन्धित पक्षसँग छलफल गरेर अघि बढ्ने बताए।