मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o बैशाख १२ मंगलबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १२ मंगलबार १६:५१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कांग्रेस उपसभापति गुरुङको प्रस्ताव– आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गरौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १२ मंगलबार १६:५१:oo

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको आर्थिक संकट समाधानका लागि बाँदर निर्यात गर्नुपर्ने प्रस्ताव गरेका छन्।

गाउँघरमा बाँदरआतंक फैलिएको उल्लेख गर्दै उनले त्यसलाई निर्यात गर्दा मुलुकलाई आर्थिक संकटमा राहत मिल्ने तर्क गरे। मंगलबार प्रतिनिधिसभा बैठकमा उनले मुलुकको आर्थिक महासंकट निदानका लागि सत्तापक्ष र प्रतिपक्षले मिलेर काम गर्नुपर्ने धारणा राखे।

अस्ट्रेलियाले कंगारू र श्रीलंकाले बाँदर निर्यात गरेको विषय उल्लेख गर्दै उनले भने, ‘किसानले लगाएको बाली टिप्ने वेलामा बाँदरको हुल आएर लुटेर लैजान्छ सभामुख महोदय । हामीले पनि बाँदर निर्यात गरिदिए कसो होला । यसो भन्दा कतै इकोसिस्टमको कुरा उठाएर डलरवादीहरू चिच्याउने हुन् कि भन्ने मलाई आशंका पनि छ । तैपनि बाँदरआतंकलाई अन्त्य गर्नुपर्छ । त्यसैले अहिले हाम्रो आर्थिक अवस्थालाई हेरेर पनि बाँदर निर्यात गर्ने निर्णय गर्दाखेरि ठीकै हुन्छ जस्तो लाग्छ।’