१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समयमा काम नगर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्ने मन्त्री ज्वालाको चेतावनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३९:oo

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयमै गुणस्तरीय काम नगर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्ने चेतावनी दिएका छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले विकास परियोजनाको कामलाई बेवारिसे बनाउने, समयमै गुणस्तरीय काम सम्पन्न नगर्ने निर्माण कम्पनीहरूसँग ठेक्का सम्झौता तोडेर नयाँ विकल्पमा जान सरकार तयार रहेको बताएका हुन्।

‘समयमा काम गर्नुपर्ने र त्यो पनि गुणस्तरीय काम गर्न निम्ति हामीले जुन खालको निर्देशन दिएका छौँ । जुन किसिमले प्रयास गरेका छौँ । यसमा कहीँ कतै सम्प्रमाइज हुँदैन । समयमा काम सम्पन्न नगर्ने, ठेक्का लिने र ती ठेक्काहरू अस्तव्यस्त बनाउने, बेवारिसे बनाउने खालको अवस्थाबाट ती योजनाहरूलाई मुक्त गराउन ती ठेक्का तोड्नका निम्ति पनि हामी तयार छौँ,’ उनले भने।

मन्त्री ज्वालाले राष्ट्रिय गौरवका आयोजनाहरूको निर्माणको काममा तीव्रता दिन पनि सम्बन्धित सबै पक्षलाई निर्देशन दिइएको संसदमा जानकारी गराए।