१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख १२ मंगलबार १५:३४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसदमा उठेका प्रश्नहरू वेबसाइटमा राख्ने व्यवस्था गर्न सांसदको माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख १२ मंगलबार १५:३४:००

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले संसदमा आफूहरूले उठाएका प्रश्नहरू वेबसाइटमा राख्ने व्यवस्था गर्न माग गरेकी छिन्।

सरकारले संसदमा उठेका प्रश्नको जवाफ नदिएकोमा असन्तुष्टि व्यक्त गर्दै उनले ती प्रश्न र त्यसको अवस्थाबारे नागरिकलाई जानकारी दिन वेबसाइटमा राख्ने व्यवस्था गर्न सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराइन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै कार्कीले सरकारलाई सदनप्रति र सदनलाई जनताप्रति उत्तरदायी बनाउन आवश्यक रहेको पनि दोहोर्‍याइन्। ‘हामी संसदमा आइपुग्न निर्वाचनमा अर्बौँ खर्च हुन्छ। एक दिनको संसद् बैठकमा लाखौँ खर्च हुन्छ। आर्थिक पक्षभन्दा पनि मूल्यवान आशा, भरोसा र विश्वास नागरिकको जोडिएको हुन्छ हामीसँग। हामी प्रश्न उठाउँछौँ, उत्तर आउँदैन,’ उनले भनिन्।

सांसद कार्कीले ललितपुरमा स्वास्थ्य बिमा, स्वास्थ्यकर्मीहरूको थप दरबन्दी र नख्खु–भैँसेपाटी सडक खण्डको निर्माण कार्य कहिले सम्पन्न हुन्छ ? भनी सरकारलाई प्रश्नसमेत गरिन्।