१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
रासस काठमाडौं
२o८१ बैशाख २४ सोमबार १३:o९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

कमोडिटी एक्सचेन्ज र स्टक एक्सचेन्जमा सात कम्पनीको आवेदन

Read Time : > 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:o९:oo

धितोपत्र बजारमा नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि सात कम्पनीको आवेदन परेको छ।

नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटका लागि आवदेन दिने यही वैशाख १० गतेसम्मका लागि समयसीमा तोकिएकामा सात कम्पनीको आवेदन दर्ता भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ।

‘धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न सिफारिसका लागि तथा वस्तु विनिमय बजार सञ्चालन गर्न कम्पनी स्थापना गर्नुपूर्व स्वीकृतिका लागि निवेदन माग गरिएको थियो,’ बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बोर्डका अनुसार कमोडिटिज एक्सचेन्जतर्फ मल्टी डेरिभेटिभ एक्सचेन्ज लिमिटेड, मल्टी एसेट्स एन्ड डेरिभेटिभ एक्सचेन्ज लिमिटेड, हिमालयन कमोडिटिज एन्ड डेरिभेटिभ एक्सचेन्ज लिमिटेड र नेपाल मल्टी कमोडिटिज एक्सचेन्ज लिमिटेडको आवेदन परेको छ। त्यस्तै, स्टक एक्सचेन्जतर्फ हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्ज लिमिटेडको आवेदन परेको बोर्डले जनाएको छ ।

सर्वोच्च अदालतको गत वर्ष चैत २६ गतेको फैसलाले नयाँ स्टक कम्पनी, कमोडिटी मार्केट र धितोपत्र कारोबारका लागि नयाँ दलाल व्यवसायी (ब्रोकर) लाइसेन्स जारी गर्न बाटो खुलेको थियो। 

धितोपत्र बोर्डले गत वर्ष असोज २ गते नयाँ स्टक र धितोपत्र दलाल व्यापारीको अनुमतिपत्रका लागि निवेदन मागेको थियो। बोर्डको उक्त निर्णयविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसमेतलाई विपक्षी बनाइ अधिवक्ता दीपकविक्रम मिश्रले गत असोज ३१ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए। तर, उक्त मुद्दा सर्वोच्चको चैत २६ गतेको फैसलाले खारेज गरेपछि धितोपत्र बोर्डले चैत ३० गते सूचना जारी गर्दै वैशाख १० गतेसम्म आवेदन दिइसक्न भनेको थियो।

धितोपत्र बजारको विकास तथा विस्तारका लागि नयाँ स्टक एक्सचेन्ज तथा कमोडिटी मार्केट खोल्नुपर्ने र थप ब्रोकर लाइसेन्स खुलाउनुपर्ने बोर्डले जनाएको छ। धितोपत्र कारोबारको सेवा तथा गुणस्तर स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिस्पर्धी बनाई सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न धितोपत्र दलाल तथा धितोपत्र व्यापारी थप गर्न लागिएको बोर्डले जनाएको छ।

चालू आर्थिक वर्ष ०७९/८० को धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रममा पनि ‘धितोपत्र बजारलाई देशव्यापी बनाउन वित्तीय रूपले सबल नयाँ धितोपत्र दलाल व्यवसायीको संख्या थप गरिने उल्लेख छ।

ad
ad