१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार ११:११:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

जथाभावी पेनकिलरको प्रयोगले निम्त्याउने समस्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:११:oo

- आन्द्रामा असर गर्छ । 
- कलेजो बिगार्छ । 
- कोडिन पेनकिलरले लत बसाल्छ । एकपटक यस्तो पेनकिलर प्रयोग गर्नेले फेरिफेरि प्रयोग गर्छन् र बिस्तारै लत नै बस्छ । 
- फ्लेक्जन भनेको पारासिटामोल हालेको औषधि हो । यसको अत्यधिक सेवन गर्दा मस्तिष्कमा असर गर्छ । 
- तपाईंले जुनसुकै औषधि लिँदा पनि त्यो तपाईंको रगतमा मिसिन्छ र फेरि किड्नीबाट फिल्टर भएपछि शरीरबाट निस्कन्छ । यस प्रक्रियामा पेनकिलरले किड्नीसम्म गइरहेको रगतको बहावलाई प्रभावित गर्न पनि सक्छ । जसकारण, एलर्जिक रियाक्सन हुन सक्छ वा किड्नी बिग्रन पनि सक्छ । 
- पेनकिलरको अत्यधिक प्रयोगले डिप्रेसन पनि निम्त्याउन सक्छ । ओपिओडजस्ता पेनकिलरको प्रयोग लामो समयसम्म गर्दा डिप्रेसन हुन सक्ने विभिन्न अध्ययनले देखाएका छन् । 
- धेरै खालका पेनकिलर लिँदा शरीरका धेरै क्षेत्रमा असर पुर्‍याउन सक्छ । औषधिअनुसारको साइड इफेक्ट गर्छ ।

के गर्ने ?
- जथाभावी औषधि पसलमा गएर रोगको निदान नगरी आफूखुसी औषधि खरिद नगर्ने । दुखाइ भएमा डाक्टरलाई देखाउने । 
- गर्भवती महिलाले डाक्टरलाई नसोधी पेनकिलर सेवन गर्नुहुँदैन । पेनकिलरको सेवनले गर्भपतन हुने खतरा रहन्छ ।
- यदि पेनकिलर लिएपछि तपाईंको पेटमा दुखाइ सुरु भयो भने तत्कालै यसको प्रयोग बन्द गर्ने र डाक्टरलाई देखाउने । 
- यदि तपाईंको हृदयमा समस्या छ भने झुक्किएर पनि विशेषज्ञ डाक्टरको सल्लाह नलिई पेनकिलर नखानुस् । ब्लडप्रेसर, मधुमेह र किड्नीका बिरामीले पनि यस्तै गर्न जरुरी छ । दुखाइ भएको छ भने चिकित्सकसँग सम्पर्क राख्नुस् ।

ad
ad