१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o५:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तनहुँ १ मा भारी मतान्तरसहित स्वर्णिम वाग्ले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o५:१४:oo

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । 

निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार सात सय ९६ मतले पराजित गर्दै वाग्ले विजयी भएका हुन् ।

वाग्लेले ३४ हजार नाै सय १८ मत ल्याउँदा भट्टराईले २० हजार एक सय २२ मत प्राप्त गरेका छन् । 

तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले आठ हजार चार सय ८८ मत प्राप्त गरेका छन् । 

४ मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसबाट रामचन्द्र पौडेल २५ हजार तीन सय ६१ मतसहित विजयी भएका थिए । पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ १ मा उपनिर्वाचन भएको हो ।

ad
ad