
चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन्।
अहिले इच्छाकामना गाउँपालिका १ र ३ को मत गणना जारी छ। जसमा लामिछानेले १४९२ मत पाएका छन् भने एमालेका रामप्रसाद न्यौपानेले उनलाई ११३३ मत ल्याएर पछ्याइरहेका छन्।
यस्तै, कांग्रेसका जितनारायण श्रेष्ठले ७९५ मत पाएर तेस्रो स्थानमा छन्। अहिले गणना जारी इच्छाकामनामा ९४४४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।