१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १o:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

केसीको निर्वाचन खर्च १८ लाख

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:१५:oo

बाग्लुङ निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद एवं राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले निर्वाचनको चुनावी खर्च सार्वजनिक गरेका छन् ।

राष्ट्रिय जनमोर्चा बाग्लुङले आइतबार पत्रकार सम्मेलमार्फत गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा केसीले गरेको निर्वाचन खर्च सार्वजनिक गरेको हो । निर्वाचनमा कुल १८ लाख १४ हजार रुपैयाँ खर्च भएको केसीका निर्वाचन प्रतिनिधि थानेश्वर सुवेदीले जानकारी दिए । 

निर्वाचन प्रतिनिधि परिचालन खर्चमा दुई लाख ५० हजार, प्रचारप्रसारका क्रममा सवारीसाधन भाडा तथा इन्धनमा आठ लाख ६० हजार, कार्यालय सञ्चालनमा दुई लाख, मतदाता नामावली खरिद, छपाइ र फोटोकपीमा ९० हजार रुपैयाँ खर्च भएको सुवेदीले जानकारी दिए ।

सामग्री ढुवानीमा २० हजार, विद्युतीय तथा छापा प्रचारप्रसारमा ४० हजार, सामाजिक सञ्जालमा १० हजार र विविधतर्फ १ लाख ३४ हजार रुपैयाँ गरी १८ लाख १४ हजार रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको छ । सुवेदीले निर्वाचन ऐन, २०७४ को दफा ७२ र निर्वाचन निर्देशिका, २०७९ को दफा ८० बमोजिम सोही खर्च विवरण निर्वाचन आयोगमा बुझाइएको बताए ।

ad
ad