प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको अग्रता बढिरहेको छ । पछिल्लो मतपरिणाम अनुसार वाग्लले पाँच हजार नौ सय मत प्राप्त गरेका छन् ।
दुई हजार पाँच सय ८७ मतसहित कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले पछ्याइरहेका छन् । एमालेका उम्मेदवार सर्वेन्द्र खनालले एक हजार ६ सय ५७ मत ल्याएका छन् । अहिलेसम्म १० हजार ६ सय ३८ मत गणना भएको छ ।