१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
२o८१ बैशाख १७ सोमबार १८:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रवासीको पहलमा ९० दिनमै पक्की पुल निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार १८:३८:oo

गुल्मीको मुसिकोट नगरपालिका–५ आँपचौरमा प्रवासी नेपालीको आर्थिक सहयोग र स्थानीयको जनश्रमदानबाट ९० दिनमै पक्की पुल निर्माण गरिएको छ।

आँपचौरबाट परदेश पुगेकाहरूले गाउँमा सामाजिक काम गरिरहेका छन्। पछिल्लोपटक उनीहरूले कोटेश्वर धाम जाने गेँदी खोलामा पक्की पुल निर्माण गरेका हुन्।

वैदेशिक रोजगारीमा रहेका गाउँका किरण खरेल, तुलाराम तिवारी एवं फडिन्द्र भट्टराईको सक्रियतामा सात लाख ६२ हजारको लागतमा १३ मिटर लम्बाइ र डेढ मिटर चौडाइको पक्की पुल निर्माण गरिएको पुल निर्माण समितिका संयोजक डिल्लीराज अर्यालले जानकारी दिए। 

आइतबार स्थानीय जेष्ठ नागरिक तथा पण्डित दुर्गादत्त अर्याल र मुसिकोट नगरपालिका प्रमुख जीवन खरेलले पुलको संयुक्त रूपमा उद्घाटन गरेका छन्। प्रवासी युवाहरू र स्थानीय जयजय कोटेश्वर समूहको पहलमा तीन महिनाअघि उक्त पुल निर्माण कार्य सुरु गरिएको थियो।

पुल निर्माणका लागि स्वदेश तथा विदेशमा रहेका आँपचौरवासीले न्यूनतम पाँच सय रुपैयाँदेखि ५१ हजार रुपैयाँसम्म सहयोग गरेका किरण खरेलले जानकारी दिए।

ad
ad