१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३० आइतबार १७:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

तनहुँमा न्यून मतदान, मतपेटिका संकलनपछि गणना थालिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १७:४१:oo

तनहुँ क्षेत्र नम्बर १ मा ५३ प्रतिशत मत खसेको छ। निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले ५२ देखि ५३ प्रतिशत मात्रै मत खसेको बताए। 

तनहुँ १ मा खटिएका निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पनि न्यून मत खसेको बताए। ‘यहाँ भएका सबैले भोट हालेको मतदान केन्द्रको निरीक्षणमा पाएँ। विदेश गएका, जिल्लाबाहिर रहेका धेरै भएकाले कम मत खसेको हुनुपर्छ,’ उनले भने।

निर्वाचन अधिकृत आचार्यले मतपेटिका प्राप्त भएपछि उम्मेदवारसँग सल्लाह गरेर मतगणना थालिने बताए। ‘गणना सुरु गर्दा ११–१२ बज्ला। उम्मेदवारसँग सल्लाह गर्छु। राति नै गरौँ भने हामी तयारै छौँ। बिहान गरौँ भने बिहान फर्स्ट आवरमा सुरु गर्छौं। जिल्ला समन्वय समितिको हलमा गणनाको तयारी छ,' उनले भने।

चितवन २बारा २ मा करिब ६० प्रतिशत मत खसेको अनुमान गरिएको छ।

ad
ad