१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १० आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १० आइतबार १७:१o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भ्रष्टाचारमा छानबिन गरे सबै नेता जेल जान्छन् : विप्लव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १० आइतबार १७:१o:oo

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले भ्रष्टाचार देशको समस्याको रूपमा रहेको बताएका छन्। आइतबार शिक्षा पत्रकार समूहले आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘नेपालमा नेता बन्ने भनेकै पैसा कमाउन हो’ भन्नेखालको मानक बनेको बताउँदै उनले पार्टी संवद्ध ट्रेड युनियन वा संगठनका नेताहरू पनि पैसा कमाउने अभिलाषासहित नेतृत्वमा आउन चाहने गरेको जिकिर गरे।

‘जो अहिले भर्खर लोकसेवाबाट कुनै अफिसरमा नाम निकाल्यो भने पनि उसले भर्खर काठमाडौंमा घरको सपना देख्दैन, भविष्यमा चाहिँ देख्छ। तर, अहिले नेपालका प्रायजसो ट्रेड युनियन या संगठनहरुमा किन त्यत्रो प्रतिस्पर्धा हुन्छ भने एउटा पाटो– नेता बन्नु भनेको पैसा कमाउनु हो भन्ने टाइपको बन्यो,’ उनले भने।

सत्ता र सत्ताबाहिर बसेका सबै नेताहरूलाई अर्ब रुपैयाँभन्दा कमको चार्ज नभएको विप्लवको दाबी छ। उनले भने, ‘नेपालका मान्छेहरू यदि छानबिन गर्ने हो भने एकले अर्कोलाई आरोप लगाएर सबै जेल जाँदैनन्? सबै जान्छन् नि पालोपालो। उसले उसलाई लगाउँछ, उसले उसलाई लगाउँछ उहाँहरूको कुरा हो। तर, सबैलाई अर्बभन्दा कमको चार्ज छैन नि। अहिले सरकारमा भएका हुन् या बाहिर बसेका हुन्।’