१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १९ बुधबार १६:१२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

प्रचण्ड भन्छन्- हामी नेकपातिरै फर्कनुपर्दछ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार १६:१२:oo

प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले अहिले पनि कम्युनिस्ट पार्टीहरूबीच एकता अपरिहार्य रहेको बताएका छन् । 

कम्युनिस्ट पार्टी स्थापनाको अवसरमा एकीकृत समाजवादीले आज राजधानीमा गरेको ‘नेपाली कम्युनिस्ट आन्दोलन : उपलब्धि, चुनौती र सम्भावना’ विषयक विचार गोष्ठीमा प्रचण्डले यस्तो बताएका हुन् । 

विगतमा जनता र देशको आवश्यकतालाई बुझेरै दुई ठूला कम्युनिस्ट पार्टी एमाले र माओवादीबीच एकता गरी नेकपा निर्माण गरेको चर्चा गर्दै उनले विगतका अनुभवबाट शिक्षा लिएर फेरि पनि वामपन्थी, कम्युनिस्ट आन्दोलनलाई अघि बढाउनुपर्ने धारणा राखे । 

‘नयाँ आधारमा नयाँ एकता, सही विचारको आधारमा, सही नीतिको आधारमा कम्युनिस्टहरूलाई एकताबद्ध गर्ने प्रयास जारी राख्नुपर्दछ । हामी त्यही प्रक्रियामा छौँ,’ उनले भने । 

प्रचण्डले जनवादी कैन्द्रीयताको सिद्धान्त, सामूहिक नेतृत्वको सिद्धान्तको विरुद्ध रहेकाहरू मात्र एकताको पक्षमा नरहेको जिकिर गरे । 

‘अहिले कमरेड माधवकुमार नेपाललगातय थुप्रै नेतासँग जे छलफल चलिरहेको छ, त्यसमा हामीले भनिरहेका छौँ, नेकपातिर नै फर्किनुपर्दछ,’ उनले भने, कम्युनिस्ट पार्टीमा नेतृत्वमै चाबी रहेको हुन्छ । नेतृत्वले गलत विचार र प्रवृत्ति अंगीकार गर्‍याे भने धेरै ठूलो क्षति हुन्छ र प्रतिक्रान्ति हुन्छ । त्यस्तो इतिहास अन्तर्राष्ट्रिय अनुभव र नेपालकै सन्दर्भमा पनि प्रमाणित भएको छ । त्यसबाट शिक्षा लिएर अगाडि बढ्नुपर्नेछ ।’

उनले ०७४ को निर्वाचनको समयमा माओवादी र एमालेबीच पहिले चुनावी गठबन्धन र पछि पार्टी एकताका लागि भएको निर्णय ठूलो अग्रगामी कदमका रूपमा चर्चा गरे । 
 

ad
ad