मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज ९ मंगलबार
  • Tuesday, 26 September, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख १० आइतबार १६:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नेकपा पुनर्जीवित गराउन आवश्यक : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख १० आइतबार १६:०७:००

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपालाई पुनर्जिवित गराउन लागिपर्ने बताएका छन्। केही दिनभित्रै समाजवादी मोर्चा बनाएर तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेकपालाई पुनर्जिवित गराउन अपिल गर्ने उनको भनाइ छ।

 नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपाली जनता र लाखौं कम्युनिष्ट कार्यकर्ताले मन पराएको नेकपालाई पुनर्जिवित गर्दा राष्ट्रको आवश्यक्तालाई सम्बोधन गर्न सकिने उनको तर्क छ।

नेताहरुको सनकको भरमा एकता टिक्न नसकेको भन्दै प्रचण्डले अव देशको हितका लागि पनि त्यसलाई फर्काएर अघि बढनुपर्ने धारणा राखे।

‘केही दिनभित्रै समाजवादी मोर्चा गठन गरिनेछ । र, त्यहीँबाट कम्युनिष्ट आन्दोलनको नयाँ धुब्रीकरणतिर जानेछौं । र, त्यो मोर्चाले नेकपातिर फर्कनका लागि सबैसबैलाई अपिल गर्नेछ । किनकी त्यो नेकपा नेताहरुको सनकका कारणले दुर्घटनामा परेपनि जनता र आम लाखौं कार्यकर्ताहरुले अनुमोदन गरेको एकता हो,’ उनले भने।