१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १२:१५:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

गोसाइँकुण्डको यात्रा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:१५:oo

गोसाइँकुण्ड पदयात्रा स्वदेशी तथा विदेशी पर्यटकका लागि प्रसिद्ध गन्तव्यमध्ये एक हो । जहाँ पदयात्रा गर्दा लाङटाङ, लिरुङ, गङ्चेन्पो, नयाँ खाङ, याला पिक, गणेश हिमाल, मनास्लु हिमाललगायत विभिन्न हिमशृंखलाहरूको मनोरम दृश्य अवलोकन गर्न पाइन्छ ।  

काठमाडौं–धुन्चे 
धुुन्चे काठमाडौं उपत्यकाबाट करिब ११७ किलोमिटर दूरीमा छ । काठमाडौंबाट ककनी वा गुर्जे भन्ज्याङ वा गल्छी हुँदै त्रिशूली बजार, कालिकास्थान, रिम्चे हुँदै धुन्चे पुग्न सकिन्छ । 

धुन्चे–सिंगोन्पा 
घट्टेखोला, देउराली, डिम्साको ठाडो उकालो हुँदै चन्दनबारी पुग्न सकिन्छ । चन्दनबारी (वा सिंगोन्पा) चिज कारखाना र गोन्पाका लागि निकै प्रसिद्ध ठाउँ हो । त्यहाँ धेरै व्यवस्थित होटेल र लजहरू छन् । 

सिंगोन्पा–गोसाइँकुण्ड 
सिंगोन्पाबाट करिब डेढ घन्टाको पैदलयात्रापछि चोलाङपाटी पुग्न सकिन्छ । चोलाङपाटीबाट फेरि ठाडो उकालो लाग्दै झन्डै दुई घन्टापछि लौरीविना पुगिन्छ । त्यसपश्चात् बुद्धडाँडा हुँदै दुई–तीन घन्टा पैदलयात्रापछि सरस्वती कुण्ड, भैरव कुण्ड र केही समयपछि मनमोहक गोसाइँकुण्ड ताल पुगिन्छ । 

गोसाइँकुण्ड–घोप्टे 
गणेश कुण्ड र सूर्य कुण्डको अवलोकन गर्दै लगभग आधा घन्टाको उकालो हिँडेपछि लौरीविना पास पुगिन्छ । यस पासबाट ओरालो बाटो हुँदै घोप्टे पुग्न सकिन्छ । पदयात्राबाट हेलम्बु र नुवाकोट पुगिन्छ । 

घोप्टे–घोप्टेघ्याङ 
घोप्टेबाट केही घन्टाको पैदलयात्रापछि ठाडेपाटी पुगिन्छ । यो हेलम्बु र नुवाकोट दुई जिल्लाको बीचमा पर्छ । यस क्षेत्रबाट हेलम्बु उपत्यका र विभिन्न हिमशृंखला, गुराँस, सल्ला, गोब्रेसल्ला, धुपीको जंगल यात्रा गर्न सकिन्छ । 

घोप्टेघ्याङ–काठमाडौं 
शनिबार र आइतबार घोप्टेघ्याङबाट नै काठमाडौंको बस भेटिन्छ । अन्य दिन दुई घन्टा तल झरी इचोकबाट हरेक दिन बस काठमाडौंका लागि भेटिन्छ । बस मेलम्ची, जर्सिङपौ‍वा, साँखु हुँदै काठमाडौं आउँछ । 

ad
ad