१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
सौरभ यादव राजविराज
२o८१ जेठ ७ सोमबार १९:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

चिकित्सकको सरुवा भएपछि भिडियो एक्सरे र सिटिस्क्यान सेवा नै बन्द

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १९:३२:oo

सप्तरीको महदेवा गाउँपालिकाका ५० वर्षीय शिवादेव मण्डल मोटरसाइकलबाट लडेर छातीमा चोट लागेपछि उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पुगे। अस्पतालमा जाँच गराउँदा चिकित्सकले छातीको ‘सिटिस्क्यान’ गर्नुपर्ने सुझाए। 

तर, स्वास्थ्य बिमाको कार्ड बोकेर अस्पताल परिसरमा रहेको काउन्टरमा जाँदा थाहा पाए, सिटिस्क्यान सेवा बन्द रहेछ । अन्यत्रै गएर सिटिस्क्यान गराउन भनेपछि उनी निजी अस्पताल पुगे । ‘स्वास्थ्य बिमाबाट उपचार होला भन्ने सोचेको थिएँ । तर, यहाँ त सिटिस्क्यान नै बन्द रहेछ,’ उनले भने, ‘सरसापट मागेर १० हजार तिरेर सिटिस्क्यान गराएँ।’ 

भिडियो एक्सरे विभागका (कन्सल्टेन्ट रेडियोलोजिस्ट) डा. आशिष सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २१ फागुनमा सरुवा गरेपछि यहाँ भिडियो एक्सरे र सिटिस्क्यान सेवा ठप्प छ।

भिडियो एक्सरे र सिटिस्क्यान सेवा बन्द हुँदा दैनिक सयौँ बिरामी मारमा पर्न थालेका छन् । तीमध्ये सिटिस्क्यान मात्र गराउन आउनेको संख्या दैनिक २४ भन्दा धेरै छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहका अनुसार अस्पतालमा एकजना मात्र रेडियोलोजिस्ट थिए । तर, सिंहको २१ फागुनमा सरुवा भएपछि भिडियो एक्सरे र सिटिस्क्यान सेवा रोकिएको उनले बताए। 

‘रेडियोलोजिस्ट नहुँदा उपचार सेवा प्रभावित भएको छ, छिटो ‘रेडियोलोजिस्ट पठाइदिन स्वास्थ्य मन्त्रालयमा गइसकेको छ। रेडियोलोजिस्ट आएपछि भिडियो एक्सरे र सिटिस्क्यान सञ्चालनमा आउँछ,’ उनले भने।

ad
ad