१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ २ बुधबार १२:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

डुम्रे–बेँसीसहर सडककाे उदीपुरखण्ड दैनिक १२ घन्टा बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:३१:oo

डुम्रे–बेँसीसहर सडकअन्तर्गत बेँसीसहर नगरपालिका– १ स्थित उदीपुरखण्ड दैनिक १२ घन्टा बन्द गरिएको  छ। 

सो सडकखण्डको देउरालीडाँडामा सडक मर्मतका लागि आजदेखि एक महिनासम्म लागि दैनिक १२ घन्टा बन्द गरिएको हो। 

डुम्रे–बेँसीसहर–चामे सडकका इन्जिनियर पुरुषोत्तम अधिकारीका खनुसार सो अवधिमा यात्रुवाहक सवारीसाधनलाई उदीपुर–रिठ्ठेबगर जोड्ने बाटो हुँदै चण्डीप्रसाद गण डाइभर्सन सडक प्रयोगमा ल्याइनेछ भने मालवाहक सवारीलाई भने उदीपुर बजारमै पूर्ण रूपमा रोक लगाइएको छ । 

यहाँ दुई वर्षदेखि निरन्तर पहिराेका कारण अस्थायी रूपमा सडक व्यवस्थापन गर्दै आए पनि दैनिकजसो सुक्खा पहिराेले पटक–पटक सडक अवरुद्ध हुने मात्र नभई ज्यानै जोखिममा रहँदै यात्रुहरू यात्रा गर्न बाध्य हुँदै आएका थिए। 

उदीपुरमा पहिराेले सडक भत्किएसँगै ०७८ भदौदेखि नै यात्रुहरूले सास्ती भोग्दै आएका छन्। सोही पहिराेका कारण विभिन्न सवारीसाधन दुर्घटनासमेत भएको थियो। 

त्यस्तै, यस सडकखण्ड बन्द हुने भएपछि बेँसीसहर नगरपालिकाले वैकल्पिक सडकको स्तरोन्नति गरेको छ। सोही स्थलनजिकैबाट करिब एक किलोमिटर सडक नगरपालिकाको रु. १० लाखमा स्तरोन्नति सम्पन्न भएको नगरपालिकाले जनाएको छ। रासस 

 

ad
ad