१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ २ बुधबार ११:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

माबिलुंग इनर्जीको सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार ११:४o:oo

माबिलुंग इनर्जी लिमिटेडको साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड नियुक्त भएको छ ।

माबिलुंगले सर्वसाधारणमा बिक्री गर्न लागेको एक सय रुपैयाँ अंकित दरका १८ करोड ९० लाख ५४ हजार रुपैयाँबराबरको १८ लाख ९० हजार पाँच सय ४० कित्ता साधारण सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्ति गर्ने विषयमा क्यापिटलसँग सम्झौता गरेको हो । 

सम्झौतामा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र माबिलुंग इनर्जीका सञ्चालक डेविन श्रेष्ठले हस्ताक्षर गरेको जनाइएको छ । माबिलुंग इनर्जीले संखुवासभाको चैनपुर मादी नगरपालिकामा रहेको ४.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला–३ जलविद्युत् आयोजना निर्माण गरिरहेको जनाइएको छ । आयोजनाको निर्माण कार्य ५० प्रतिशत सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।

ad
ad