
कुमारी बैंक लिमिटेडका ग्राहकले सेल्ट्रोन नेपाल प्रालिबाट अनर ब्रान्डका मोबाइल फोन मासिक किस्तामा खरिद गर्न सक्ने भएका छन् । बैंकले आफ्ना क्रेडिट कार्डवाहक ग्राहकलाई यो सुुविधा दिने उद्देश्यले सेल्ट्रोनसँग सम्झौता गरेको हो ।
डिजिटल कारोबारमा ग्राहक आकर्षित भइरहेको अवस्थालाई ध्यान दिँदै आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका लागि सम्झौता गरेको बैंकले जनाएको छ । जसअनुसार अनर ब्रान्डका विभिन्न मोबाइल भुक्तानी आफ्नो क्रेडिट कार्डबाट गर्न मिल्ने बैंकले उल्लेख गरेको छ ।
हाल बैंकले देशभरमा तीन सय चार शाखा, दुई सय ९५ एटिएम, ६२ शाखारहित बैंकिङ एकाइ तथा ४८ एक्सटेन्सन काउन्टरमार्फत अत्याधुनिक बैंकिङ सेवा दिँदै आएको जनाएको छ ।