१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
रासस नयाँदिल्ली
Invalid date format १८:१२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

राहुल गान्धीको पुनरावेदन खारेज

Read Time : < 1 मिनेट
रासस, नयाँदिल्ली
नयाँ पत्रिका
Invalid date format १८:१२:oo

मानहानी मुद्दामा दोषी ठहरिएका भारतको विपक्षी दलका नेता राहुल गान्धीको पुनरावेदन खारेज भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीका कट्टर आलोचक गान्धीलाई गत महिना गुजरातको सुरत अदालतले मानहानी मुद्दामा दोषी ठहर गर्दै पुनरावेदनको अवसर दिएको थियो।

अदालतको आदेशसँगै नेता गान्धीले सांसद पद गुमाएका थिए। सन् २०१९ को चुनावी सभामा नेता गान्धीले मोदी थर भएकाहरू ‘बदमास’ हुन्छन् भनेको विरोधमा भारतीय जनता पार्टीका नेता पूर्णेश मोदीले गन्धीविरुद्ध मानहानी मुद्दा दायर गरेका थिए।

अब नेता गान्धीले उच्च अदालतमा पुनरावेदन गर्ने उनका दलका नेताहरूले बताएका छन्। दलका नेता तथा कानुन व्यवसायीसँग छलफल भइरहेको बताइएको छ।