१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format २१:३८:oo
Read Time : > 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

जनचेतनामूलक नाटक ‘कचहरी’ प्रदर्शनमा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २१:३८:oo

‘खोटाङ रंगमञ्च’ खोटाङले जिल्लामा जनचेतनामूलक नाटक ‘कचहरी’ प्रदर्शनमा ल्याएको छ।

लागुऔषध दुर्व्यसनका कारण हुने बेफाइदा तथा नियन्त्रण गर्ने उपायका बारेमा सन्देश प्रवाह गर्ने उद्देश्यले तयारी पारिएको कचहरी नाटक प्रदर्शनमा ल्याइएको हो। 

ग्रामीण क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाको जीवन भोगाइमा आधारित कचहरी नाटक दर्शकको रोजाइमा परेको पाइएको छ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आर्थिक सहयोग तथा ‘हामी स्वयम्सेवी अभियान’को सहकार्यमा तयार पारिएको कचहरी नाटक बुधबारदेखि प्रदर्शनमा ल्याइएको हो।

कचहरी नाटकले नगरबासीको मात्र नभई जिल्लावासीकै जनचेतना अभिवृद्धिमा सहयोग पुर्याउने अपेक्षा गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए। 

हाम्रो समाजमा अवाञ्छित लाञ्छना लगाउने तथा घर पारिवारमा हुने बेमेल र झै–झगडाले बालबच्चामा ठूलो असर पुर्याएको छ । अझ भनौँ पछिल्लो समय लागुऔषध दुर्व्यसनका कारण किशोर/किशोरीहरू फस्दै गएका छन् । कचहरी नामक नाटकले कुलतमा फस्दै गएका किशोर/किशोरीलाई  सजग गराउनुका साथै कुरीति तथा कुसंस्कार हटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पारिवारिक तथा सामाजिक परिवेशमा आधारित कचहरी नाटकले अधिकांश दर्शकको मन जित्न सफल भएको आयोजक खोटाङ रंगमञ्चका व्यवस्थापक एल.बी. मगरले जानकारी दिए।

जनचेतनामूलक नाटक कचहरीमा खोटाङका कलाकारहरु सञ्जिव राई, योगिन राई, सविना राई, सलिना भुजेल, दीपेन्द्र राई, मिलन राई, आकृति भुजेल, ज्ञानेन्द्र विश्वकर्मा र मनिष परियारले अभिनय गरेका छन्। 

जिल्लाका विभिन्न ठाउँमा प्रदर्शन गरिने जनचेतनामूलक कचहरी नाटक बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती मावि र वडा नं. २ सोल्मास्थित शुभम् फाउन्डेसनमा प्रदर्शन गरिएको छ।

पहिलो चरणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ वटै वडामा प्रदर्शन गर्ने तयारी गरिएको नाटक बिहीबार दिक्तेलस्थित माउन्ट एभरेस्ट बोर्डिङ स्कुल, स्याम्पल एकेडेमी र दिक्तेल इंग्लिस बोर्डिङ स्कुलमा प्रदर्शन गरिने आयोजकले जनाएको छ।

कचहरी फ्रेममा तयार पारिएको नाटक कलाकारहरूलाई दश दिनको अभ्यास गराएर प्रदर्शनमा ल्याइएको रंगमञ्चका अध्यक्ष सञ्जीव राईले जानकारी दिए। कचहरी नाटकको निर्देशन इलामका अनिल सुब्बाले गरेको जनाइएको छ। 

काठमाडौंस्थित मन्डला थ्रिएटरलगायत विभिन्न थ्रिएटरहरूमा लामो समय अभिनय गरेर आफ्नो जिल्लाका फर्किएका कलाकारहरूले आधिकारिक रूपमा दर्ता गरेर सञ्चालनमा ल्याएका खोटाङ रंगमञ्चले यसअघि पनि विभिन्न ठाउँमा सडक नाटक प्रदर्शन गर्दै आएको थियो। गत वर्ष साइनो कला केन्द्रसँगको सहकार्यमा ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाको दुई स्थानमा पुगेरसमेत सडक नाटक प्रदर्शन गरेको थियो।