Skip This
शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई भीमदत्त नगरको निर्देशन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ६ बुधबार
  • Saturday, 27 July, 2024
मोहन विष्ट कञ्चनपुर
२o८o बैशाख ६ बुधबार १७:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई भीमदत्त नगरको निर्देशन

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८o बैशाख ६ बुधबार १७:३१:oo

कञ्चनपुरको भीमदत्त नगरपालिकाले निजी विद्यालयहरूलाई अनधिकृत रूपमा शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन नगर्न निर्देशन जारी गरेको छ।

चालु शैक्षिक सत्रमा भीमदत्त नगरपालिका क्षेत्रका निजी विद्यालयले आफू खुसी शुल्क वृद्धि र पाठ्यपुस्तक परिर्वतन गर्न लागेको गुनासो आएपछि नगरपालिका एक्सनमा उत्रिएको हो। भीमदत्त नगरले गत शैक्षिक सत्र २०७९ कै शुल्क लिन र अनधिकृत रूपमा पाठ्यपुस्तक परिर्वतन नगर्न आदेश जारी गरेको छ।

नगरपालिकाका शिक्षा शाखा प्रमुखसमेत रहेका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले शुल्क वृद्धि नगर्न र ०७९ मै प्रयोग भएको पाठ्यपुस्तक परिर्वतन नगर्न निर्देशन दिएको बताए। शुल्क वृद्धि र पाठ्यपुस्तक परिवर्तन गर्नुपर्ने भए पनि पालिकामा प्रस्ताव तयार गरेर स्वीकृत गर्न भनिएको छ।