१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १४:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

‘पुरानै अवस्थामा कित्ताकाट खोल्ने निर्णयले कृषि भूमि समाप्त पार्ने बाटो खोल्यो’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १४:o१:oo

प्रतिनिधिसभा सदस्य सरस्वती सुब्बाले सरकारले पुरानै अवस्थाबाट जग्गाको कित्ताकाट खोल्नु देशको वर्तमान परिवेशविपरीत भएको बताएकी छिन्। बुधबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले मन्त्रिपरिषद्ले भूउपयोग नियमावली २०७९ लाई संशोधन गर्दै जग्गाको कित्ताकाट खोल्नु दुःखद भएको बताइन्।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले देशैभर पुरानै अवस्थामा जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेसँगै साढे दुई आना जग्गा पनि कित्ताकाट गर्न पाउने बाटाे खुलेकाे छ। सरकारको निर्णयले कृषि भूमि समाप्त पार्ने र दलालीकरणको बाटो खोलेको सांसद सुब्बाकाे दाबी छ।

‘पुरानै अवस्थामा कित्ताकाट खोल्नु देश र वर्तमान परिवेशविपरीत छ। यसले जमिनको खण्डीकरण बढाउँछ । कृषि भूमि समाप्त पार्ने बाटो खोल्छ । प्राकृतिक जोखिम न्यूनीकरण र सीमान्तकृत समुदायको समस्या समाधानको बाटो बन्द गरिदिन्छ । जमिन दलालीकरण बढाउँछ । त्यसैले पुरानै अवस्थामा कित्ताकाट खोल्ने निर्णय सच्याउन म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन्।

ad
ad