Skip This
कुमारी बैंक र लभ–कुश इनोभेसनबीच सम्झौता
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार ११:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

कुमारी बैंक र लभ–कुश इनोभेसनबीच सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार ११:४४:oo

 कुमारी बैंक लिमिटेडका क्रेडिट कार्डवाहकले लभ–कुश इनोभेसनबाट भेन्डिङ मेसिन र अन्य मेसिनरी सामग्रीहरू मासिक किस्तामा खरिद गर्न सक्ने भएका छन् । आफ्ना क्रेडिट कार्डवाहक ग्राहकलाई सुविधा दिने उद्देश्यले बैंकले लभ–कुश इनोभेसनसँग सम्झौता गरेको हो । 

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भइरहेको कुरालाई ध्यान दिँदै आफ्ना ग्राहकलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्यमार्फत लभ–कुश इनोभेसनमा पाइने विभिन्न वस्तुहरूको भुक्तानी आफ्नो क्रेडिट कार्डमार्फत गर्न मिल्ने प्रावधान गरेको जनाएको छ ।

बैंकले हाल देशभरमा तीन सय चार शाखा, दुई सय ९५ एटिएम, ६२ शाखारहित बैंकिङ इकाइ तथा ४८ एक्सटेन्सन काउन्टरमार्फत अत्याधुनिक बैंकिङ सुविधा दिँदै आएकोे जनाएको छ । 

ad
ad