Skip This
मुख्यमन्त्री जम्कट्टेलका सय दिन : मन्त्रालयको संख्या १४ बाट ११ मा झारे, पूर्णता दिन सकेनन्
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ६ बुधबार
  • Saturday, 27 July, 2024
२o८o बैशाख ६ बुधबार १o:४३:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मुख्यमन्त्री जम्कट्टेलका सय दिन : मन्त्रालयको संख्या १४ बाट ११ मा झारे, पूर्णता दिन सकेनन्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख ६ बुधबार १o:४३:oo

१४ वटा मन्त्रालयलाई घटाएर ११ मा झारेपनि एकमहिना पुग्दासमेत मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेका बागमती प्रदेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विभिन्न १० वटा शीर्षकमा ८० वटा उपलब्धि हासिल गरेको भन्दै सार्वजनिक गरेका छन् ।प्रदेश सभाको दोस्रो निर्वाचनपश्चात गत पौष २५ मा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले मुख्यमन्त्रीको कार्यभार सम्हालेको सय दिन पुगेको भन्दै मुख्यमन्त्री कार्यलयमा पत्रकार सम्मेलनको आयोजना गर्दैै आफ्ना उपलब्धिहरु सार्वजनिक गरेका हुन् । 

उनले शिक्षा, स्वास्थ्य, सामाजिक, युवा तथा खेलकुद, कृषि, पुर्वाधार विकास, श्रम रोजगार तथा यातायात, पर्यटन, उद्योग तथा सहकारी, वन तथा वातावरण आन्तरिक मामिला कानुन तथा विपद व्यवस्थापन, सर्वाजनिक प्रशासन एवं कर्मचारी व्यवस्थापन जस्ता मुख्य विषयमा रहेर ८० वटा उपलब्धि हासिल गरेको दावी गरेका छन् । 

मुख्यमन्त्री भएको एकसय दिनमा दुईपटकसम्म विश्वासको मत पाएका मुख्यमन्त्री जम्कट्टेलले मन्त्रिपरिषद विस्तारमा भने विस्वास दिलाउन सकेनन् । उनको मन्त्रिपरिषदमा ११ मन्त्रालय रहेकोमा अहिलेसम्म ६ वटा मन्त्रालयमा मात्रै मन्त्र छन् बाँकी मन्त्रालय आफैँले सम्हाल्दै आएका छन् ।

उनले प्रदेशमा कायम रहेको १४ मन्त्रालयलाई घटाएर ११ कायम गर्नु, प्रदेश निजामती सेवा ऐन २०७९ र स्थानीय तहको सेवा गठन तथा संचालन सम्बन्धी ऐन २०७९ जारी गर्नु, सवारी चालक अनुमती पत्र परिक्षा संचालन कार्यविधि निर्देशिका संशोधन गरी ग्रेडिङ सिस्टम लागू गर्नु, प्रदेशका ६० विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम विस्तारका लागि नर्स छनौट गर्नु, प्रदेशका ७ अस्पताललाई ‘क’ वर्गको एम्बुलेन्स वितरण गर्नुलाई प्रमुख उपलब्धि मानेका छन् ।

यस्तै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारको सार्वजनिक खर्चमा २० देखि ३० प्रतिशत कटौतीको निर्णय गर्नु, नेवारी र तामाङ भाषालाई कामाजको भाषा बनाउन कार्यदल गठन गरि अध्ययन सुरु गर्नु, प्रदेशमा रहेका लोपोन्मुख जाति चेपाङ र माझ समुदायको मुख्य पर्वहरु न्वागी र लदीमा सार्वजनिक विदा दिने निर्णयलाई उनले आफ्नो सय दिने उपलब्धि मानेका छन् ।

सयदिने उपलब्धि सार्वजनिक गरेपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री जम्कट्टेलले छिनछिनमा बद्लिने राजनीति सरकारको काम गर्ने सवालमा बाधक बनेको दावी गरे । उनले सरकारको क्षमता र काम गर्ने आकांक्षा हुँदाहुँदै पनि सोचे अनुरुप काम गर्न नसकेको स्वीकार गरे । यद्यपी सय दिनमा भएका उपलब्धि समय र परिस्थिति अनुसार सन्तोषजनक रहेको मुख्यमन्त्री जम्कट्टेलले दावी गरे ।