Skip This
महानगरले बनायो वायु प्रदूषण व्यवस्थापन सञ्जाल 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o९:o१:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

महानगरले बनायो वायु प्रदूषण व्यवस्थापन सञ्जाल 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o९:o१:oo

विष्णुमती नदीलाई छुने काठमाडौं महानगरपालिकाका १० वटा वडालाई समेटेर वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन भएको छ । महानगरअन्तर्गत वातावरण व्यवस्थापन विभागले वडा नम्बर १२, १३, १४, १५, १६, १७, १८, १९, २० र २५ का जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधिलाई समेटेर सञ्जाल गठन गरेको हो ।

११ सदस्यीय सञ्जालकी अध्यक्ष निरू महर्जन छिन् । सञ्जालमा वडा नम्बर १६ बाट दुईजना र बाँकी वडाबाट एक–एकजना सहभागी रहेको सहायक निर्देशक सानुमैया महर्जनले बताइन् । सञ्जाल उपाध्यक्षमा पपुल सापकोटा र सचिवमा पवनप्रसाद गोर्खाली रहेका छन् । यस्तै, सदस्यहरूमा गोविन्द श्रेष्ठ, स्विट थापा, सरिता बज्राचार्य, अनेश चित्रकार, नानीहेरा डंगोल, कमल काफ्ले, गौरी देवकोटा रहेका छन् । समितिमा वडा नं. १८ बाट सदस्य थप गर्न बाँकी छ । सञ्जालसँगै सागर प्रजापति, कृपा श्रेष्ठ र विभूति मानन्धर रहेको तीन सदस्यीय सल्लाहकार समितिसमेत गठन भएको छ ।   

स्टेट अफ ग्लोबल एयरले सन् २०२० मा गरेको अध्ययनअनुसार मृत्युको विश्वव्यापी अवस्थामा श्वासप्रश्वासको असरका कारण ४० प्रतिशत, फोक्सोको क्यान्सरका कारण १९ प्रतिशत, फोक्सो तथा श्वासप्रश्वास प्रणालीमा हुने संक्रमणका कारण ३० प्रतिशत, मधुमेहका कारण २० प्रतिशत, इस्केमिक हृदय रोगबाट २० प्रतिशत मानिसको मरण हुने गरेको छ । यस्ता असरको मुख्य कारण वायु प्रदूषण हो । यसैकारण २० प्रतिशत नवजात शिशुको मृत्यु हुने गरेको छ । यस्तै, औसत आयु घट्दै गएको छ । वायु प्रदूषणका लागि ठूला–ठूला कलकारखाना, आगलागी, इन्धनको प्रयोग मात्र जिम्मेवार छैनन् । व्यक्तिले घरभित्र र बाहिर गर्ने दैनिक व्यवहारका कारण पनि प्रदूषण बढ्नुमा सहयोग गरेको छ । 

नागरिक समाजले के गर्न सक्छन् ?
महानगरको वातावरण समितिका संयोजक बालकृष्ण महर्जनका अनुसार समुदायस्तरमा जथाभावी फोहोर तथा प्लास्टिक बाल्न रोक लगाउन नागरिक समाजले सहजीकरण गर्नेछन् । यसका लागि विशेष सरसफाइ अभियान सञ्चालन गर्न सक्छन् । घरभित्रको प्रदूषण कम गर्न कामलाई घर–घरमा गएर सचेतना फैलाउन सक्छन् ।