Skip This
वायु प्रदूषण कम गर्न महानगरद्वारा नागरिक समाज सञ्जाल गठन
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
रासस काठमाडौं
Invalid date format १७:१५:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

वायु प्रदूषण कम गर्न महानगरद्वारा नागरिक समाज सञ्जाल गठन

Read Time : > 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:१५:oo

वायु प्रदूषण कम गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले १० वटा वडालाई समेटेर वायु प्रदूषण व्यवस्थापन नागरिक समाज सञ्जाल गठन गरेको छ।

समुदायस्तरमा वायु प्रदूषण नियन्त्रणसम्बन्धी जनचेतना जगाउने उद्देश्यले विष्णुमती नदीलाई छुने वडा नं. १२, १३, १४, १५, १६, १७, १८, १९, २० र २५ का जनप्रतिनिधि र नागरिक समाजका प्रतिनिधि सहभागी रहेको बैठकमा कामपा वातावरण व्यवस्थापन विभागले निरू महर्जनको अध्यक्षतामा ११ सदस्यीय उक्त सञ्जाल गठन गरेको हो।

सञ्जालमा १० वटा वडामध्ये वडा नं १६ बाट दुई र बाँकी वडाबाट एक-एकजना सहभागी गराइएको उक्त विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए।

सञ्जालको उपाध्यक्षमा पपुल सापकोटा र सचिवमा पवनप्रसाद गोर्खाली छन् भने सदस्यहरूमा गोविन्द श्रेष्ठ, स्विट थापा, सरिता बज्राचार्य, अनेश चित्रकार, नानीहीरा डंगोल, कमल काफ्ले र गौरी देवकोटा छन्।

स्टेट अफ ग्लोबल एयरले सन् २०२० मा गरेको अध्ययनअनुसार विश्वमा श्वासप्रश्वासका कारण ४० प्रतिशत, फोक्सोको क्यान्सरका कारण १९ प्रतिशत, फोक्सो तथा श्वासप्रश्वास प्रणालीमा हुने संक्रमणका कारण ३० प्रतिशत, मधुमेहका कारण २० प्रतिशत र इस्केमिक हृदय रोगका कारण २० प्रतिशत मानिसको मृत्यु  हुने गरेको छ। वायु प्रदूषणकै कारण यस्ता समस्या बल्झिएको र यसैकारण २० प्रतिशत नवजात शिशुको पनि मृत्यु हुनाका साथै मानिसको औसत आयु पनि घट्दै गएको छ।

वायु प्रदूषणका लागि ठूलाठूला कलकारखाना, आगलागी, इन्धनको प्रयोगमा जिम्मेवार छैनन्, व्यक्तिले घरभित्र र बाहिर गर्ने दैनिक व्यवहारका कारणले पनि प्रदूषण बढाउन सहयोग गरेको बताइएको छ।

नागरिक समाज सञ्जालले के गर्छ ?
उक्त सञ्जालले फोहोर तथा प्लास्टिक बाल्न रोक लगाउन सहजीकरण गर्न, विशेष सरसफाइ अभियान सञ्चालन गर्न र  घरभित्रको प्रदूषण कम गर्न घरघरमा गएर सचेतना फैलाउने काम गर्छ।

यसैगरी, वायु गुणस्तरको सवालमा नियमित छलफल गरेर नीति, मापदण्ड तथा अनुगमन गर्ने विषयमा सुझाव दिने, संरचना निर्माणमा थप छलफल गर्ने, सामाजिक जवाफदेहिताका काम गर्ने गर्छ। साझेदार संघसंस्थाहरूले अहिले कामपासहित ललितपुर महानगरपालिका, चन्द्रागिरि, चाँगुनारायण र शंखरापुर नगरपालिकामा स्वच्छ हावाका लागि कार्यक्रम थालिसकेका छन्।