१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ५ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख ५ मंगलबार १७:o७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धेरै चेस खेलेरै ओली राजनीतिक खेलाडी बनेका हुन् : अध्यक्ष तिमिल्सिना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ५ मंगलबार १७:o७:oo

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बुद्धिचालका कारण मानिसहरूको दिमाग तेजिलो हुने बताएका छन्। मंगलबार काठमाडौंमा नेसनल चेस च्याम्पियनसिप २०२३ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

उनले एमाले अध्यक्ष केपी ओली धेरै चेस खेलेकै कारण अहिले राजनीतिका खेलाडी बनेका तर्क गरे। चेस खेलाडी भएकाले नै प्रधानमन्त्री प्रचण्ड जंगलदेखि संसद् र सरकारसम्म पुगेको तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बारम्बार प्रधानमन्त्री बनेका बताए।

‘केपी ओलीजी जेलमा हामीसँगै थियौँ, त्यति वेला पनि चेसमा उहाँलाई कसैले हराउन सक्दैनथ्यो। उहाँ राजनीतिक खेलाडी त हुँदै हो, साँच्चिकै खेलाडी पनि हो। जेलमा हुने खेलहरूमा भलिबल अलिअलि, क्यारेमबोड, चेस, ती सबैमा उहाँलाई कसैले हराउन सक्नुहुँदैनथ्यो। खेलका कारणले राजनीतिमा जुन ढंगले अहिले भूमिका खेल्नुभएको छ, चेसले यो विकास गरेको हुनुपर्छ। त्यो धेरै कारणमा एउटा होला। शेरबहादुर देउवाले धेरै खेल्नुभएको होला, किनभने उहाँ धेरैपटक प्रधानमन्त्री हुनुभएको छ, पुष्पकमल दाहालले खेल्नुभएको होला, जंगलदेखि सदन, सरकार सबैतिर तहल्का मच्चाउनुभएको छ,’ उनले भने।

अध्यक्ष तिमिल्सिनाले सरकारले चेस खेललाई धेरै महत्व नदिएको भन्दै आगामी दिनमा महत्व दिन आग्रह गरे। उनले चेस खेल नेपालको जनकपुरबाट उत्पत्ति भएको दाबीसमेत गरे।