१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ७ सोमबार
  • Monday, 20 May, 2024
सौरभ यादव राजविराज
२o८१ जेठ ७ सोमबार १६:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गजेन्द्र नारायणसिंह अस्पतालमा भिडियो एक्सरे र सिटिस्क्यान सेवा एक महिनादेखि ठप्प  

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ जेठ ७ सोमबार १६:४४:oo

सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको भिडियो एक्सरे र सिटिस्क्यान सेवा पछिल्लो एक महिनादेखि ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन्। 

अस्पतालको भिडियो एक्सरे र सिटिस्क्यान सेवा बन्द हुँदा अस्पतालमा आएका बिरामीलाई अस्पतालबाहिर महँगोमा भिडियो एक्सरे र सिटिस्क्यान सेवा लिनुपर्ने बाध्यता सिर्जना भएको हो।

अस्पतालमा भिडियो एक्सरे  र सिटिस्क्यान मेसिन छ, तर प्रयोगमा ल्याउने जनशक्ति अभावका कारण सेवा नै बन्द छ। भिडियो एक्सरे र सिटिस्क्यान सेवाका लागि अस्पतालमा एकजना रेडियोलोजिस्ट डाक्टरको दरबन्दी छ। दरबन्दीअनुसार डाक्टर नहुँदा यहाँका नागरिकले अस्पतालबाट सहज र सुलभ सेवा पाउन सकेका छैनन्।

अस्पतालमा भिडियो एक्सरे सेवा बन्द हुँदा निजी क्लिनिकमा महँगो शुल्कमा भिडियो एक्सरे गर्न बाध्य रहेको स्थनीय विनोद रामले बताए। उनले भने, ‘आज सिटिस्क्यान गराउन आएकाे थिएँ, तर अस्पतालमा सेवा बन्द भएपछि महँगोमा बाहिरै गराउनु पर्‍याे। 

भिडियो एक्सरे विभागका (कन्सल्टेन्ट रेडियोलोजिस्ट) डाक्टर आशिष सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत फागुन २१ गते सरुवापछि  भिडियो एक्सरे र सिटिस्क्यान नै पूर्ण रूपमा बन्द भएको अस्पतालका एक कर्मचारीले नयाँ पत्रिकालाई जानकारी दिएका छन्।

अस्पतालमा सिंह एक मात्र रेडियोलोजिस्ट थिए त्यसलाई पनि मन्त्रालयले गत फागुन २१ गते सरुवा गरेपछि रेडियोलोजिस्टको अभावमा भिडियो एक्सरे र सिटिस्क्यान सेवा रोकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा‍. प्रकाश साहले बताए। उनका अनुसार यसबारे मन्त्रालयलाई पत्र गइसकेकाे छ। मन्त्रालयले रेडियोलोजिस्ट पठाएपछि भिडियो एक्सरे र सिटिस्क्यान सेवा पुन: सञ्चालनमा आउँछ। 

ad
ad