१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख ५ मंगलबार
  • Sunday, 11 May, 2025
रासस काठमाडौं
२o८o बैशाख ५ मंगलबार १५:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तातोपानीमा अध्यागमन कार्यालय स्थापना गर्न सांसदको माग

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख ५ मंगलबार १५:३१:oo

प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसद माधव सापकोटाले तातोपानी नाका खुल्ने निर्णय भए पनि अध्यागमन कार्यालय नभएकाले तत्काल कर्मचारी व्यवस्थापन गर्न माग गरेका छन्।

अध्यागमन कार्यालय नहुँदा एक–अर्का देशका नागरिकलाई आवतजावत गर्न समस्या हुने भन्दै उनले तत्काल कर्मचारी तथा आवश्यक अन्य स्रोत–साधनको प्रबन्ध गर्नुपर्नेमा जोड दिए।

प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै सांसद सापकोटाले नेपाल–चीन जोड्ने तातोपानी नाका पूर्ण रूपमा खुल्न लागेको भए पनि सरकारी कार्यालयको अभावमा समस्या पर्ने हो कि भनी प्रश्न गरे।