१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १४:१५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मिटरब्याजपीडित र हरुवाचरुवाको माग सम्बोधन नगरे हामी सडक संघर्षमा जान्छौँ : लिङ्देन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:१५:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याजपीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन गर्न माग गरेका छन्। 

मंगलबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै उनले उनीहरूका माग तत्काल पूरा नगरे सरकारविरुद्ध सडक संघर्षमा जाने चेतावनी दिए। 

उनले मिटरब्याजपीडितहरूको मागलाई सम्बोधन गर्नुको साटो सरकारले उनीहरूमाथि हिजो (सोमबार) निर्मम ढंगले आक्रमण गरेको बताए। 

सर्वहारावर्गको अधिनायकत्व स्थापना गर्ने सपना बाँडेर हिँडेको पार्टी नेतृत्वको सरकारले पनि उनीहरूमाथि आक्रमण गर्ने काम गर्नु आपत्तिजनक रहेको उनको भनाइ थियो। उनले भने, ‘हामी भन्न चाहन्छौँ कि सरकारले मिटरब्याजपीडितहरू र अहिले तराईमा आन्दोलनरत रहेका हरुवाचरुवाहरू जो पुनर्स्थापनाको काम गरिराखेका छन्। उनीहरूको मागलाई सरकारले समयमै सम्बोधन गरोस्। अन्यथा एउटा जिम्मेवार राजनीतिक पार्टीको नाताले उनीहरूको साथमा सडक संघर्षमा जाने घोषणासमेत गर्न चाहन्छु।’