१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० बैशाख ५ मंगलबार ०८:१२:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पहिलो दिन सञ्जयलाई तीन स्ट्रोकको अग्रता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० बैशाख ५ मंगलबार ०८:१२:००

सञ्जय लामाले सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सातौँ प्रतियोगिता सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको पहिलो दिन तीन स्ट्रोकको अग्रता लिएका छन् । लामा पहिलो दिन ६ अन्डर ६६ स्कोर गर्दै शीर्ष स्थानमा उक्ले । उनले गोकर्ण गल्फ क्लबमा रवि खड्का र राजेन्द्र श्रेष्ठ प्रधानलाई तीन स्ट्रोकले पछि पारेका हुन् । रवि र राजेन्द्र तीन अन्डर ६९ स्कोरका साथ संयुक्त रूपमा दोस्रो स्थानमा छन् ।

नेपालका नम्बर एक एमेच्योर खेलाडी सुवास तामाङ र अघिल्लो प्रतियोगिताको विजेता एमेच्योर सद्भाव आचार्य दुई अन्डर ७० स्कोरसहित संयुक्त रूपमा चौथो स्थानमा रहेका छन् । प्रतियोगितामा प्रोफेसनल तोरणविक्रम शाही तथा एमेच्योर गल्फर युवराज भुजेल, टासी छिरिङ र विजय श्रेष्ठ आइनहाउसले एक अन्डर ७१ स्कोर गरेका छन् । उनीहरू संयुक्त रूपमा सातौँ स्थानमा छन् । 

सञ्जयले उत्कृष्ट सुरुवात गरेका थिए । उनले फ्रन्ट नाइन बोगीरहित चार अन्डर ३२ स्कोर गरेका थिए । यसक्रममा तेस्रो, चौथो, छैटौँ र नवौँ होलमा उनले बर्डी प्राप्त गरे । सञ्जयले १०औँ, ११औँ र १६औँ होलमा समान एक सट बचाए । १४औँ होलमा बोगी खेप्दा उनी ब्याक नाइन २ अन्डरमा पूरा गरे ।