१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
२o८१ जेठ ४ शुक्रबार १४:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

‘हेटौँडा रन’को उपाधि गोङ्बाकाे पाेल्टामा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १४:१७:oo

हेटौँडा उपमहानगरपालिकाको आयोजनामा आइतबार भएको ‘हेटौँडा रन’ दौड प्रतियोगिताको उपाधि हेटौँडा– १४, बनेलधापका उमेश गोङ्बाले जितेका छन्। 

दौडमा प्रथम भएका सोमप्रसाद न्यौपाने जिल्लाबाहिरका भन्ने पुष्टि भएपछि दोस्रो स्थानमा रहेका गोङ्बा स्वतः प्रथम घोषित भएका हुन्। नयाँ वर्षको अवसर पारेर उपमहानगरपालिकाले आयोजना गरेको पाँच किलोमिटरको निर्धारित दूरी गोङ्बाले २० मिनेट चार सेकेन्ड र न्यौपानेले उक्त दूरी १९ मिनेट ५५ सेकेन्डमा पार गरेका थिए।

प्रतियोगितामा जिल्लाबाहिका खेलाडीले सहभागिता जनाउन नपाउने नियमका कारण प्रथम भएका न्यौपाने प्रतियोगिताबाट बाहिरिएका थिए। न्यौपाने बाहिरिएपछि भाग्यमानी साबित भएका गोङ्बाले उपाधिसँगै नगद ५० हजार पुरस्कार प्राप्त गरेका छन्। यस्तै, प्रतियोगितामा सञ्जीव मिजार द्वितीय र सनिस लामा तृतीय भएका छन्। 

मिजारले निर्धारित दूरी २० मिनेट १० सेकेन्डमा र लामाले २० मिनेट १८ सेकेन्डमा पार गरेका हुन् । उनीहरूले पुरस्कारस्वरूप क्रमशः ३० हजार र २० हजार रुपैयाँ प्राप्त गरेका छन्।

यसैगरी प्रतियोगितामा सान्त्वना भएका सुमन आलेमगर र निशान श्रेष्ठले १०–१० हजार नगद पुरस्कार पाएका छन् । प्रतियोगिताका विजेता तथा उपविजेतालाई हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले पुरस्कार वितरण गरेका थिए। 

हेटौँडाको बुद्धचोकबाट सुरु भएको दौड कान्तिराजपथको सानोपोखरा, पिप्ले हुँदै पुनः बुद्धचोकमा आएर समापन भएको थियो। प्रतियोगितामा ५६ जनाको सहभागिता रहेको थियो।

ad
ad