१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

विधेयक समितिमा पठाउँदा ‘डिले’ हुन्छ भन्ने मानसिकता विकास हुनु दुःखद : अध्यक्ष तिमिल्सिना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:oo:oo

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले २०७९ साल निर्वाचनको वर्ष भए पनि मुलुकलाई स्थिरता दिन नसकेको बताएका छन्। नयाँ वर्ष २०८० को अवसरमा संसद् सचिवालयले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले दुई महिनामै सरकार परिवर्तन हुँदा निराशा पैदा भएको बताए।

‘२०७९ साल निर्वाचनको वर्ष भए पनि मुलुकलाई स्थिरता दिन सकेन। दुई महिनामै सरकार परिवर्तन हुँदा निराशा पैदा भएको छ,’ उनले भने, ‘सरकार स्थिर नहुँदा राम्रो गर्नेले पनि काम गर्न पाएको छैन।’

विधेयकहरू छलफलका लागि संसदीय समितिमा पठाउँदा ढिला हुन्छ भन्ने मानसिकता विकास भएको भन्दै अध्यक्ष तिमिल्सिनाले दुःख व्यक्त गरे। यद्यपि, समितिहरू ढिला हुँदा विभिन्न महत्वपूर्ण विधेयक अघि बढ्न नसकेको उनले स्विकारे।

‘विधेयकहरू समितिमा पठाउँदा ‘डिले’ हुन्छ भन्ने मानसिकता विकास हुनु दुःखद छ। समितिहरू ढिला हुँदा कर्मचारीसँग जोडिएका, मानवअधिकारसँग जोडिएका र जनताको दैनिक जीवनसँग जोडिएका विधेयकहरू अघि बढ्न सकेका छैनन्,’ उनले भने।