Skip This
गुल्मीको अर्जुनडाँडामा भीषण आगलागी, सञ्चारमाध्यम र सुरक्षा निकायका टावर जोखिममा
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ चैत ३० बिहीबार
  • Tuesday, 16 September, 2025
२o७९ चैत ३० बिहीबार १६:१२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीको अर्जुनडाँडामा भीषण आगलागी, सञ्चारमाध्यम र सुरक्षा निकायका टावर जोखिममा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ चैत ३० बिहीबार १६:१२:oo

गुल्मीको अर्जुनडाँडामा भीषण आगलागी भएको छ । आगोबाट नेपाल टेलिभिजन, रेडियो रेसुंगा, रेडियो समृद्धि र रेडियो स्काईको टावर तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको रिपिटर टावर जोखिममा परेका छन्।

अर्जुन भगवती मन्दिरसहितका धार्मिक तथा पर्यटकीय संरचनासमेत आगलागीले जोखिममा परेका छन्। यहाँ विभिन्न इन्टरनेट कम्पनीका टावर पनि रहेका छन।

ठूलो भूभागमा भीषण आगलागी भएकाले जिल्लाको सबै सुरक्षा निकाय, वनको डिभिजनको टोली र स्थानीयले आगलागी नियन्त्रणको प्रयास गरे पनि स्थिति नियन्त्रणबाहिर रहेको छ

रेसुंगा नगरपालिकाको दमकलसहित मेयर खिलध्वज पन्थी, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, प्रहरी प्रमुख नवीनकिशोर प्रधानलगायतको टोली घटनास्थलमा रहेको नेपाल टेलिभिजन गुल्मी प्रसारण केन्द्रका प्रमुख इन्जिनियर बरुणानन्द मल्लिकले जानकारी दिए।

आगो रेसुंगा वडा नम्बर ७ र १० को बज्यान सल्लेरी सामुदायिक वनमा फैलिएको छ। आगलागी बिहान १० बजेबाट सुरु भएको बताइएकाे छ।