१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारलाई बालेनको चुनौती- काठमाडौंको हितमा काम गर्न नसके सिंहदरबार सार्नुहोस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:o३:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सिंहदरबार अरू पालिकामा सार्न चुनौती दिएका छन्। 

बिहीबार सामाजिक सञ्जालमा लेख्दै मेयर साहले भनेका छन्, ‘कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरू पालिकामा सार्नुहोस्।’ 

केही दिनअघि सिंहदरबार, शीतलनिवासलगायतका प्रशासनिक क्षेत्रको फोहोर नउठाउने अभिव्यक्ति दिएका उनले आज जनताको हितमा काम गर्न नसके सिंहदरबार तथा राजधानी नै सार्न चुनौती दिएका हुन्। 

‘हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस्। हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला, सभ्यता चाहिन्छ, राजनीति हाेइन,’ उनले भनेका छन्। 

गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मेयर बालेन्द्रले बालुवाटार, सिंहदरबार र शीतलनिवासको फोहोर नउठाउने भन्दै दिएकाे अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिने र समाधानका लागि आवश्यक पहल अघि बढाउने निर्णय गरेको थियो।