१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:४४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माधवलाई योगेशको प्रश्न- तपाईं होसमै त हुनुहुन्छ नि ! 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:४४:oo

नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट संसद् विघटन हुँदै छ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्। 

बुधबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सचिव भट्टराईले एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमालेबाट संसद् विघटन हुँदै छ भनेर अभिव्यक्ति दिएकोप्रति आपत्ति जनाएका छन्। 

अध्यक्ष नेपालको बोली शंकास्पद रहेको पनि उनले बताए। उनले नेपाल दुरुस्त भएर बोलेकोजस्तो नलागेको भन्दै होसमा हुनुहुन्छ कि हुनुहुन्न भनेर प्रश्नसमेत गरे। सचिव भट्टराईले एमाले प्रतिपक्षमा भएको भन्दै प्रतिपक्षमा भएको पार्टीले कसरी संसद् विघटन गर्छ भनेर पनि प्रश्न गरे। 

उनले भने, ‘पूर्वप्रधानमन्त्री माधव नेपालले एमालेबाट संसद् विघटन हुन लागेको छ, खबरदार सबै सचेत हौँ भन्नुभएछ। मैले बुझेको माधव नेपाल कुनै नचाहिँदो चिज सेवन गर्नुहुन्न उहाँले। मध्यपान, धुम्रपानबाट अलिकति टाढा रहेको भन्ने नै मैले बुझ्छु माधव नेपाललाई। सपना देख्नुभएको छ कि? विपनामा हुनुहुन्छ कि? होसमा हुनुहुन्छ कि? हुनुहुन्न कि? उहाँ जत्तिको १५ वर्ष एउटा ठूलो पार्टीको नेतृत्व गरेको मान्छेले, प्रधानमन्त्री भइसकेको मान्छेले, यति अनुभवी राजनीतिज्ञले त्यस्तो बोलेको देख्दा यो एक, डेढ वर्षमा उहाँ धेरै बदलिनुभएछ।’

उनले कांग्रेस सभापतिले भविष्यमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्न सक्ने कुरा अभिव्यक्त गरेकोमा कांग्रेस ब्युँझिएको टिप्पणी गरे।