१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १६:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राजनीतिक हस्तक्षेपले कर्मचारी परिचालनमा समस्या : मन्त्री मोदी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १६:३९:oo

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राजनीतिक हस्तक्षेपका कारण कर्मचारी परिचालनमा समस्या रहेको बताएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक महत्वको विषयबारे बोल्दै उनले पार्टीपिच्छेका मन्त्री, सांसद, मेयरलगायतका जनप्रतिनिधिले आफूअनुकूल कर्मचारी माग गर्दा परिचालनमा समस्या देखिएको प्रस्ट्याएका हुन्।

‘पूर्वमन्त्री पनि, पूर्वप्रशासकको पनि सबैको दृष्टिकोण स्थानीय तहमा कार्यकारी प्रमुख, त्यसमा पनि विभिन्न मन्त्रालयसँग जोडिएको ठाउँमा सबैले आफ्नो अनुकूलको कर्मचारी खोज्नुहुन्छ,’ उनले भने।

कर्मचारीहरूले दुर्गम क्षेत्रमा जानै नचाहेको मन्त्री मोदीको गुनासो छ। स्थानीय तहको अनियमितता रोक्न आफूले निमित्त कर्मचारी पठाउन नचाहे पनि त्यसका लागि कर्मचारीहरूकै अभाव रहेको उनले स्मरण गराए।