१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 12 May, 2025
Invalid date format १६:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रादेशिक अस्पतालको जेनेरेटरमा आगलागी, डायलाइसिस गराइरहेका बिरामीको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:२४:oo

प्रादेशिक अस्पताल सिराहाको जेनेरेटरमा आगलागी भएको छ। आगलागीको कारणले प्रादेशिक अस्पताल सिराहामा डायालाइसिस गराइरहेका एकजनाको मृत्यु भएको हो। 

मृत्यु हुनेमा सिराहाको बरियारपट्टी गाउँपालिका खोक्सीका ६५ वर्षीय प्रदीपकुमार दास छन्।  डायालाइसिस वार्डको छेउमै राखिएको जेनेरेटरमा आगलागी भएपछि वार्डमा भागाभाग भएको थियो। त्यस क्रममा डायालाइसिस गराइरहेका दासलाई रगतकाे कमी भएकोले रगत चढाइएकाे थियाे। 

आगलागी भएको जानकारी पाएपछि वार्डमा खटिएका स्वास्थ्यकर्मीले रगतको पाइप चुँडाइदिएको र क्याब नलगाउँदा बिरामीको अत्यधिक रक्तस्राव भएको थियो। 

अत्यधिक रक्तस्रावका कारण गम्भीर बनेका दासको उपचारको क्रममा मृत्यु भएको हो। आगलागीको समयमा आठजना बिरामीले डायालाइसिस गराइरहेका थिए। 

पहिलेदेखि सिकिस्त दासकाे उपचारको क्रममा मृत्यु भएको सूचना अधिकारी अशोक सिंहले बताए। ‘जेनेरेटर चल्ने क्रममा आगलागी भयो,’ सूचना अधिकारी सिंहले भने, ‘उपचार गराउँदै गरेकालाई पछि आकस्मिक कक्षमा उपचार गराए पनि जोगाउन सकिएन।’

अरू वार्डमा पनि भर्ना भएका बिरामीहरूको भागाभाग भएको थियो । डायलाइसिस, एचडियू, प्रसूति वार्डलगायतमा भर्ना भएका बिरामी आगलागीबाट बच्न बाहिर निस्किएका थिए। यतिवेला अस्पतालका मेसु डा. नागेन्द्रप्रसाद यादव नेपालबाहिर छन्।

तस्बिरहरू : सुरेन्द्रकुमार कामती/नयाँ पत्रिका