Skip This
मेयरविरुद्ध मिर्चैयाका सुकुमबासी र व्यापारी आन्दोलित
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १३:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेयरविरुद्ध मिर्चैयाका सुकुमबासी र व्यापारी आन्दोलित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:o६:oo

सिराहाको मिर्चैया बजारका सुकुमबासी तथा व्यापारीहरू आन्दोलनमा उत्रिएका छन् । बजारमा झन्डै सात दशकदेखि घर बनाएर बसोवास तथा व्यापार–व्यवसाय गर्दै आएका सुकुमबासी र व्यापारी नगरपालिकाले घर भत्काइदिएपछि आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूले ‘मेयरको ज्यादतीविरुद्ध संघर्ष समिति’ गठन गरेका छन् । नगरपालिकाले आफूहरूमाथि ज्यादती गरेको भन्दै उनीहरूले र्‍याली निकालेका छन् । नगरपालिकाले अभिभावकीय भूमिका निर्वाह नगरी जनतामाथि शासन गर्न खोजेको विरोधमा उत्रिएकाहरूले आरोप लगाएका छन् ।

गाउँ ब्लक र बहाल–बिटौरीको जग्गा अतिक्रमण गरिएको भन्दै केही समयअघि त्यसमाथि बनेका संरचना नगरपालिकाले भत्काएको थियो । नगरपालिकाले आफूहरूको बस्ने तथा व्यवसाय गरेर बाँच्ने सुनिश्चितता नगरी डोजर चलाएर घरबारविहीन बनाएको र व्यापार–व्यवसाय बन्द हुँदा रोजीरोटीको आधार नै गुमेको संघर्ष समितिका संयोजक अजय साहले बताए ।

आफूहरूलाई बस्न र व्यापार गर्नका निम्ति तत्काल व्यवस्था गरिनुपर्ने, नगरपालिकाले घर भत्काउँदा भएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति दिइनुपर्ने, बस्दै आएको जग्गाको लालपुर्जा दिनुपर्ने, आफूहरूमाथि ज्यादती भएकाले छानबिन गरी न्याय दिइनुपर्नेलगायतका माग घि सारेका छन् । आफूहरूको मागको सुनुवाइ नभए सशक्त आन्दोलन गर्ने संयोजक साहले चेतावनी दिएका छन् ।