१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o९:१८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

हाल्यान्डलाई मेसी र रोनाल्डोसँग दाँज्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:१८:oo

म्याचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले स्ट्राइकर एर्लिङ हाल्यान्डलाई लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोको स्तरसँग तुलना गरेका छन् ।

इंग्लिस प्रिमियर लिगमा शनिबार राति सिटीले साउथ ह्याम्पटनलाई ४–१ ले हरायो । सिटीको जितमा हाल्यान्डले आकर्षक दुई गोलको योगदान गरे । यही दुई गोलको तुलना गर्दै ग्वार्डिओलाले हाल्यान्डलाई वर्तमान समयकै दुई उत्कृष्ट फुटबलर मेसी र रोनाल्डोसँग ग्लार्डिओलाले तुलना गरेका हुन् । 

‘प्रशिक्षणका क्रममा मैले मेसी र रोनाल्डोसँग एक दशक बिताएको छु, अहिले नर्वेका हाल्यान्ड त्यही स्तरमा छन्,’ ग्वार्डिओलाले हाल्यान्डको प्रशंसा गर्दै भनेका छन् । अर्जेन्टिनालाई कतार फिफा विश्वकप जिताएका मेसी पेरिस सेन्ट जर्मेन (पिएसजी)मा आबद्ध छन् । रोनाल्डो साउदी प्रो क्लब अल नासेरमा छन् । ग्वार्डिओलाले बार्सिलोनामा रहँदा मेसीलाई प्रिय खेलाडीका रूपमा लिन्थे । स्पेनिस ला लिगामा रोनाल्डो सधैँ मेसीका कट्टर प्रतिस्पर्धीका रूपमा रहन्थे । 

ग्वार्डिओलाले स्पेनमा रहँदा बार्सिलोनालाई च्याम्पियन्स लिग र ला लिगाको उपाधि जिताएका थिए । साउथ ह्याम्पटनविरुद्ध हाल्यान्डले दर्शनीय बाइसाइकल गोल गरेका थिए । २२ वर्षीय हाल्यान्ड चोटपछि शनिबार मैदानमा फर्किएका थिए । ज्याक ग्रिलिसको पासमा हाल्यान्डले एक्रोब्याटिक सट प्रहार गर्दै प्रिमियर लिगमा उत्कृष्ट पुनरागमनको संकेत गरे । जितपछि सिटी अझै आर्सनलभन्दा पाँच अंकले पछाडि छ । सिटी र आर्सनलले समान २९ खेल खेलेका छन् । आर्सनल ७२ अंकसहित शीर्ष स्थान र सिटी ६७ अंकसहित दोस्रो स्थानमा छ । 

ad
ad