१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
एजेन्सी नयाँदिल्ली
२o८१ बैशाख २० बिहीबार o८:३८:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

रिंकुले अन्तिम ओभरमा ठोके पाँच छक्का

गुजरात टाइटन्सविरुद्ध कोलकतालाई अन्तिम ६ बलमा २९ रन आवश्यक थियो, रिंकु सिंहले लगातार पाँच बलमा छक्का प्रहार गरे

Read Time : > 1 मिनेट
एजेन्सी, नयाँदिल्ली
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:३८:oo

इन्डियन प्रिमियर लिग (आइपिएल) को आइतबार भएको गुजरात टाइटन्स र कोलकता नाइट राइडर्सबीचको प्रतिस्पर्धा कीर्तिमानले भरियो । कोलकताका बायाँहाते ब्याट्सम्यान रिंकु सिंहले अन्तिम ओभरमा ३१ रन बटुल्दै रेकर्ड बनाएका छन् । आइपिएलको इतिहासमा अन्तिम ओभरमा लगातार पाँच बलमा छक्का प्रहार गर्ने उनी पहिलो ब्याट्सम्यान बनेका छन् ।

गुजरातले पहिलो ब्याटिङ गरी २० ओभरमा चार विकेटको क्षतिमा दुई सय चार रनको विशाल योगफल खडा गरेको थियो । प्रत्युत्तरमा कोलकताले २० ओभरमा सात विकेट गुमाएर दुई सय सात रन जोड्दै सनसनीपूर्ण जित निकाल्यो । 

कोलकतालाई अन्तिम ६ बलमा २९ रन आवश्यक थियो । कोलकताको जित असम्भवझैँ थियो । क्रिजमा रिंकु र उमेश यादव थिए । गुजरातबाट जोस लिटल अन्तिम ओभर बलिङ गर्न आएका थिए । उमेशले १९.१ ओभरमा एक रन लिँदै रिंकुलाई स्ट्राइक दिए । त्यसपछि रिंकुले अविस्मरणीय खेल प्रस्तुत गरे । उनले जोसका लगातार पाँच बलमा छक्का प्रहार गर्दै कोलकतालाई एक समय असम्भवझैँ देखिएको जित दिलाए । 

यसअघि सन् २०१२ मा रोयल च्यालेन्जर्स बेंग्लोरका क्रिस गेलले पुणेविरुद्ध १३औँ ओभरमा राहुल शर्माविरुद्ध लगातार पाँच बलमा छक्का प्रहार गरेका थिए । कोलकता अन्तिम ओभरमा ३१ रन जोड्ने आइपिएलको पहिलो टोली बनेको छ । सन् २०१६ मा पुणेले पन्जाबविरुद्ध २३ रन जोडेको थियो । कोलकतालाई सानदार जित दिलाएका रिंकुले २१ बलमा एक चौका र ६ छक्का प्रहार गरी ४८ रन बनाए । उनी खेलकै म्यान अफ दी म्याच भए । रिंकु र उमेशबीच आठौँ विकेटका लागि ३.३ ओभरमा ५२ रनको साझेदारी भएको थियो । 

कोलकताका लागि इयेरले ४० बलमा ४३ रन तथा कप्तान नितिश रानाले २९ बलमा ४५ रनको योगदान दिए । रिंकुको उत्कृष्ट ब्याटिङमा गुजरातका रसिद खानको ह्याट्रिक ओझेलमा पर्‍यो । कोलकताले ब्याटिङ गरेको इनिङ्समा खानले १६.१ ओभरमा एन्ड्रे रुसेल, १६.२ ओभरमा सुनील नारिन र १६.३ ओभरमा शार्दुललाई आउट गर्दै ह्याट्रिक लिएका थिए । आइपिएलमा ह्याट्रिक लिने रसिद २२औँ बलर हुन् । 

ad
ad