१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत २७ सोमबार ०७:५९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

पुँजीगत खर्च गर्न ऋणमा निर्भर हुनुपर्ने बाध्यता छ : अर्थमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत २७ सोमबार ०७:५९:००

अर्थमन्त्री डा. प्रकाशशरण महतले संकलित राजस्वले साधारण खर्च नपुग्ने अवस्था भएको बताएका छन् । आर्थिक मिडिया सञ्चालकहरूसँगको भेटमा अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् । उनले भने, ‘पुँजीगत खर्चमा हामीले आन्तरिक र बाह्य ऋणमा निर्भर रहनुपर्ने अवस्था सिर्जना भएको छ ।’

अर्थमन्त्री डा. महतले आर्थिक वृद्धिदरको सूचकांक धेरै निराशाजनक नभएको बताए । यद्यपि, माग र आपूर्तिको समस्या, लगानीकर्ताका आफ्नै समस्या, ब्याजदरको समस्या, पुँजी बजारको समस्या देखिएको उनको भनाइ छ । ‘परिस्थितिका कारण केही अप्ठ्यारा छन्, ती अप्ठ्यारा सामना गर्न सकिने अवस्था भने छ,’ अर्थमन्त्री डा. महतले भने ।

अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक मिलेर नकारात्मक सूचकांकलाई सकारात्मक दिशामा फर्काउन सकिने मन्त्री डा. महतले बताए । ‘साधारण खर्चलाई संयमित ढंगले उपयोग गर्ने नीति सरकारले लिनेछ । अप्ठ्याराहरू गम्भीर छन्, तर हामी समाधान गर्छौँ,’ उनले भने, ‘अर्थतन्त्रलाई सकारात्मक दिशामा फर्काउन हामी लागिरहेका छौँ ।’