मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ चैत २६ आइतबार २१:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काम गरेर देखाउन सरकारसँग लामो समय छैन : कांग्रेस महामन्त्री थापा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ चैत २६ आइतबार २१:२४:००

कांग्रेस महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारलाई काम गरेर देखाउन पाँच महिनाको समय मात्रै रहेको बताएका छन् । 

दाङ कांग्रेसले जिल्ला पार्टी कार्यालय घोराहीमा गरेको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री प्रचण्डलाई भेटेरै आफूले ध्यानाकर्षण गराएको बताएका हुन् । 

सरकार संख्याको अलमलमा पर्न नहुने भन्दै उनले शनिबार प्रधानमन्त्रीसँगको भेटमा काम गरेर देखाउन पाँच महिनाको समय मात्रै रहेको बताएको उनको भनाइ थियो । 

‘मैले हिजो मात्रै प्रधानमन्त्रीलाई भेट्ने अवसर पाएको थिएँ,’ प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले भने, ‘मैले उहाँलाई संख्याको अनुकूलतामा अलमलमा नपर्न र समयका बारेमा भ्रम नपाल्न स्पष्ट भनेको छु । हामीसँग पाँच वर्ष होइन, काम गरी देखाउन पाँच महिनाको समय मात्रै छ भनेको छु ।’

आमनागरिकमा सरकारलाई लिएर आएको अविश्वासको संकट विश्वासमा बदल्न पनि सरकारले कुरा नभई काम गर्नुपर्ने उनको भनाइ थियो ।