१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 03 June, 2025
Invalid date format २o:१७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेश सरकार विस्तार, कांग्रेसका दुई मन्त्रीले लिए शपथ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:१७:oo

लामो समयको रस्साकस्सीपछि अन्ततः कांग्रेस बागमती प्रदेश सरकारमा सहभागी भएको छ। कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी भएको हो।

आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको बागमती सरकारमा कांग्रेसका तर्फबाट दलका नेता लामासहित तीर्थबहादुर लामाले मन्त्रीका रूपमा शपथ लिएका छन्। 

उनीहरूलाई बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन्। 

मन्त्रिपरिषदमा सहभागी दलका नेता लामा आर्थिक मामिला तथा योजना मन्त्रालय र तीर्थबहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन्।

एघार सदस्यीय मन्त्रिपरिषद् रहेको प्रदेशमा आइतबार दुईजनाले शपथ लिएसँगै ६ सदस्यीय भएको छ। प्रदेशमा अझै पनि ५ मन्त्रालय नेतृत्वविहीन अवस्थामा छन्। ती मन्त्रालयहरूको जिम्मेवारी मुख्यमन्त्री जम्कट्टेलको काँधमा छ।